arrow

संसदबाटै सरकारले जनायो अवैध सुन प्रकरण छिनोफानो गर्ने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
purnabahadur-khadka-2080-05-06.jpg

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोकतन्त्रमा विवाद भए पनि संवादबाटै सहमति हुने भन्दै संसद खुलेकामा खुशी ब्यक्त गरेका छन् । 

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री खड्काले सबैले आ–आफ्नो ठाउँबाट खेलेको भूमिकाप्रति सरकारका तर्फबाट आभार ब्यक्त गरेका छन् । 

उनले सहमतिका सन्दर्भमा दुई विषयमा सहमति भएको र त्यो सहमतिपछि संसदमा जनताका सरोकारका विषयमा छलफल गर्ने बताएका छन् । 

त्यसैगरी उनले संघीय कानूनहरु निर्माण गरेर प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढ्नेसमेत विश्वास गरेका छन् । 

उनले आज दलहरुबीच भएका सहमतिलाईसमेत संसदबाट जानकारी गराएका छन् । दुई बुँदे सहमतिअनुसार अवैध सुन प्रकरणलाई थप छानबिनका लागि असोज ५ गते आयोग गठन गरिने बताएका छन् । 

सुन तस्करीबारे यसअघिका सबै तस्करीको अनुसन्धान गर्न आयोग गठन गरिने उनले बताए । त्यसअघिसम्म सीआईबीले गरेको आफ्नो कामले पनि निचोडमा पुग्ने उनले विश्वास लिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ