arrow

चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
chandrayan3-moon.jpg

बेंगलुरु । भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेसँगै कीर्तिमान बनाएको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । 

योसँगै भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को लाइभ स्ट्रिमिङ लिङ्कले पनि युटयुबमा कीर्तिमान रच्यो । चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए ।

युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बुधवारवाट पछाडि पारेको छ । ब्रजिल–दक्षिण कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्रजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए ।

ईसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको संख्या २.६ मिलियन अर्थात २६ लाख थियो, जुन सफल अवतरण पछि बढेर ३५ लाख पुगेको छ ।

अवतरणको प्रत्यक्ष प्रसारण करिब एक घण्टा ११ मिनेटसम्म चल्यो र ईसरोले एक घण्टामा नौ लाख सदस्यहरू प्राप्त गर्यो । ईसरोको प्रत्यक्ष प्रसारण एकै साथ हेरेका सदस्यहरूको संख्या तीन गुणा भन्दा बढीसमेत रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ