arrow

कुल्लूमा तीस सेकेन्डमा ढले सात भवन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
building-collapse-kullu-2080-05-07.jpg

काठमाडौँ । भारतको हिमाचल प्रदेशको कुल्लू जिल्लामा बिहीबार बिहान तीस सेकेन्डमा सात वटा भवन ढलेका छन् । वर्षाका कारण उक्त क्षेत्रमा प्रशासनले तीन दिन पहिले नै खाली गराएको थियो । 

जसका कारण कसैको पनि हताहती भने हुन पाएन । तर वर्षाको वितण्डा यति भयानक भयो कि मात्र तीस सेकेन्डको अवधिमा सात वटा भवन ढले । अझै तीन वटा भवनमा खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । उक्त क्षेत्रमा हिँड्नका लागिसमेत प्रशासनले प्रतिबन्ध लगाएको छ । 

राज्यमा पछिल्लो २४ घण्टामा वर्षाका कारण १२ जनाको मृत्यु भएको छ । जसमा ७ जनाको मन्डी र शिमलामा पहिरोमा परेर मृत्यु भएको छ । कयौँ घर चर्केका छन् । चार सय सडक अवरुद्ध रहेका छन् । कुल्लू– मनाली राजमार्गसमेत बन्द गरिएको छ । 

मौसम विभागले पूरै राज्यमा अझै तीन दिन भारी वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ । 

मौसम विभागले आज उत्तराखण्ड, उत्तरप्रदेश, बिहार र झारखण्डसहित १५ राज्यमा भारी वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ