arrow

प्याज र गोलभेँडा कम खान सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
tarkari-pyaj.jpg

काठमाडौं । नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेँडामा उपभोक्ताहरूले संयमताका साथ खपत कम गर्नुपर्ने बताएका छन् । महासचिव गजुरेलले विश्व बजारमा नै प्याज अभाव भएकाले ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरूले राष्ट्रिय हितका लागि भए पनि प्याज खपत कम गर्नुपर्ने बताएका हुन्। 

उनले विश्व आर्थिक मन्दीको अवस्थामा रहेको बेलामा नेपालीहरूले मूल्य वृद्धि सन्तुलनको लागि दैनिक आवश्यक वस्तु चामल, तरकारी बाहेकका वस्तुको खपत केटौति गर्नुपर्ने बेला आएको बताए । उनले आम नेपाली उपभोक्ताले राष्ट्रिय हितको लागि भए पनि सोच्नुपर्ने बेला आएको बताए । 

उनले विश्व बजारमा प्याज अभाव भइरहेको बेला ९० प्रतिशत वस्तुहरू आयात गर्ने देशले प्याज लगायताका वस्तुलाई खपत कम गर्ने अभियान चलाउन आवश्यक देखिएको बताए । उनले सरकारले पनि प्याज तथा गोलभेँडा जस्ता तरकारीजन्य कृषि उपजका वस्तुहरू आन्तरिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताए । 

उनले विश्व बजारबाट आयात हुने वस्तु प्रतिबन्ध हुँदा आन्तरिक खपतको लागि आवश्यक उपाय राज्यले सोच्नुपर्ने बताए । उनले राज्यको नीतिगत कमजोरीका कारण कृषि उपज वस्तुहरूको आन्तरिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन समस्या भइरहेको भन्दै स्थिर नीति आवश्यक रहेको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ