arrow

रहेनन् वरिष्ठ साहित्यकार थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
tulsi-thapa-2080-05-08.jpg

बागमती । मकवानपुरका शिक्षा सेवी तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको निधन भएको छ । ७८ वर्षीय थापाको उपचारका क्रममा आज चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको उनका ज्वाइँ रवीन्द्र मगरले जानकारी दिए ।

मुटुसम्बन्धी समस्या, निमोनिया, मधुमेह, रक्तचापलगायत स्वास्थ्य समस्याले ग्रसित भएपछि साहित्यकार थापा केही महिनादेखि अस्पताल भर्ना भएका थिए ।
 
दाना कविता सङ्ग्रह ‘एक निमेष अनन्तको’, नाटक ‘अमर सिंहको खोजीमा अमर सिंह’ र कथासंग्रह ‘फरक आकाश’ लगायत साहित्यिक सिर्जना प्रकाशन गरेका थापाले कविता विधामा नयाँ दाना कविताको शुरुआतसमेत गरेका थिए । 

गोरखा दक्षिण बाहु चौथो, नारायणी वाङ्मय पुुरस्कारसहित विभिन्न सम्मान प्राप्त गर्नुभएको थापा भीम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत थिए ।

स्व थापाकी बेलायतमा रहेकी छोरी आएपछि दाहसंस्कार गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ