arrow

अप्रिय घटना हुनबाट रोक्न धरानमा निषेधाज्ञा, राति १२ बजेसम्म रहने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
Dharan_Upamahanagarpalika.png

धरान । सुनसरीको धरान उपमहानगरपालिकाभित्र निषेधाज्ञा जारी राखिएको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र आज कुनै अप्रिय घटना नहोस् भन्दै निषेधाज्ञा जारी राखेको हो ।  

हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सूचना जारी गरेपछि गए रातिदेखि धरानमा निषेधाज्ञा भइरहेको हो । 

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।

जसअनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं बाट बराहक्षेत्र नपा वडा नं ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी छ ।

आज हिन्दू समुदाय र हिन्दू इतर समुदाय दुवैले सो क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो । केही दिनअघि एक समूहले गोरु काटेर खाएपछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ । 

तर जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगी रोगको सङ्क्रमण व्यापकरुपमा फैलिई १६ हजार जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएको र तीमध्ये १२ जनाको मृत्युसमेत भइसकेको स्मरण गराएको छ ।



नयाँ