arrow

बलात्कार आरोपी सन्दीप विरुद्धको मुद्दाको सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
sandeep-lamichhane-2080.jpg

काठमाडौं । एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको जबरजस्ती करणीको मुद्दामा आजबाट सुनुवाइ हुँदैछ । 
काठमाडौं जिल्ला अदालतमा आज पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित भएको मुद्दामा आज भने अन्तिम सुनुवाइ हुने बताइएको छ  । 

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ । 

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ