arrow

यी हुन् कांग्रेसका तर्फबाट समिति सभापतिका उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १० आइतबार
nepali-congress-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाएको छ । आज हुने मनोनयनका लागि कांग्रेसले भागमा परेका चार सभापतिको उम्मेदवारको टुंगो लगाएको हो । 

जसमा संसदीय सुनुवाइमा जीवन परियार, अर्थ समितिमा सन्तोष चालिसे, कृषिमा आरजू देउवा राणा र राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा हुन् । 

कांग्रेसले आफ्नो भागमा परेकामध्ये तीन जना संस्थापनका र एक जना संस्थापन इतरका पारेको छ । संस्थापन इतरबाट परियारमात्रै परेका छन् । सन्तोष भने दुवैतिरको हुने गरी उम्मेदवार भएकोसमेत कांग्रेस संस्थापन पक्षको दाबी छ । 

समितिको नेतृत्व  चयन नहुँदा नौ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ ।

समिति सभापतिहरुको मतदान भोलि हुँदैछ । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि अपरान्ह ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ