arrow

राजनीतिमा सुरक्षा संयन्त्रको गुप्त परिचालन–५  

माधव नेपाल किन राष्ट्रपति भएनन् ?

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०८० भदौ १० आइतबार
madhav-kumar-nepal-cpn-us.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गत पुस १० गते माओवादी केन्द्रसँग एमालेको अप्रत्याशित तरिकाले सहकार्य भयो । नयाँ खालेको त्यो सहकार्यमा सबै पक्षले आश्चर्य मानेका थिए । तर जब एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरे त्यसको परिणाम प्रचण्डले आफूलाई राजनीतिक रुपमा सुरक्षित ठानेनन् । प्रचण्डले नै राष्ट्रिय सहमतिको नाममा राष्ट्रपति पदमा बखेडा निकाले । 

एमालेलाई राष्ट्रपति दिन सकिँदैन भन्ने अवस्थामा पुगेपछि ओलीले एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने रणनीति लिए । 

प्रचण्डले एमालेलाई राष्ट्रपतिमा सहयोग नगर्ने देखिएपछि फागुनको पहिलो साता नै एमाले अध्यक्ष ओलीले अनौपचारिक रुपमा नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेका थिए । जुन कुरा प्रचण्डको सूचना पुगेपछि प्रचण्डले ओली र नेपाललाई मिल्न नदिने रणनीति बनाए । 

त्यसपछि प्रचण्डले माधव नेपाललाई बालुवाटारमा बोलाउने र त्यही विभिन्न बहानामा इंगेज बनाउन थाले । ओलीको सोही प्रस्तावपछि प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच बाक्लो संवाद हुन थाल्यो । आफू निर्वाचित हुनेगरी उम्मेदवार हुन नेपालले प्रचण्डलाई मनाउन थाले । 

प्रचण्डले सिधै हुँदैन भन्न नसकेर त्यसका लागि घुमाउरो बाटो अपनाए । राष्ट्रपतिमा माधव नेपाललाई अघि सारेको अवस्थामा प्रचण्डलाई पनि सकस पर्ने थियो  । माधव नेपाललाई राष्ट्रपति बनाउँदा पार्टी मिलाउन सजिलो हुने भएकोले ओलीले भेटेर नै प्रस्ताव गरेका थिए । 

त्यही बीचमा माधव नेपाललाई सधै सूचना दिने एक व्यक्तिले एमालेबाट २३ सांसदको मत नआउने र राष्ट्रपतिमा चुनाव हार्ने संकेत सहितको सूचना पुर्याइयो । माधव नेपालले त्यो सूचनालाई पत्याएपछि उनले नै नेपाली कांग्रेसका नेतालाई प्रस्ताव गर्न थाले ।

माधव नेपालले चुनावलगत्तै एमालेनिकट नेताहरूसँग आफूलाई एमालेले राष्ट्रपति प्रस्ताव गरिदियोस् भन्ने आशय व्यक्त गरेका थिए । 

त्यतिबेला ओलीले पुरस्कृत गर्न सकिँदैन भन्ने जवाफ दिएका थिए । एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्नेगरी उक्त प्रस्ताव अघि बढेको हो । 

एकीकृत समाजवादीभित्र सांसद किसान श्रेष्ठ लगायतको टोलीमात्र होइन, सोमप्रसाद पाण्डे, रामकुमारी झाँक्रीसहितका नेताहरू पार्टी एकताका लागि सक्रिय रहेका बेला गुप्तचर विभागका एक एसएसपीले दिएको सूचनाकै कारण माधव नेपाल राष्ट्रपति बन्न सकेनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ