arrow

संसदका दशै समितिमा निर्विरोध, रास्वपाका पराजुलीले लिए फिर्ता, शपथ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
Parliament_building.png
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदमा निर्विरोध भएको छ । हिजो उम्मेदवारी मनोनयन दर्ताका क्रममा नौ समितिमा निर्विरोध भएको थियो भने एक समिति सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । 

तर आज मतदान हुनुअघि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका रास्वपाका गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै सबै सर्वसम्मत भएको हो । यो समितिको सभापतिमा जनमतका अब्दुल खान सर्वसम्मत भएका छन् । 

योसँगै समितिको सभापतिमा  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीका तर्फबाट सभापति बन्नेछन् । 

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, 

कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजू राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा रहेका छन् । 

यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल रहेका छन् । 

प्रतिनिधि सभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन । 

अहिलेसम्म ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । सबै सर्वसम्मत भएसँगै साढे ४ बजे शपथको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ