arrow

भारत चन्द्रमापछि सूर्यतिर, सेप्टेम्बर २ मा रकेट प्रक्षेपण गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
isro-sun.png

बेँगलुरु । चन्द्रयान–३ मिशनको सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) ले सूर्यको अध्ययन गर्ने भएको छ । भारतको पहिलो अन्तरिक्ष आधारित अब्जर्भेटरी ‘आदित्य एल– १’, सेप्टेम्बर २ (आगामी शनिबार) मा बिहान ११ः५० बजे श्रीहरिकोटाबाट प्रक्षेपण गरिने भएको छ ।

अन्तरिक्ष एजेन्सीले सोसल मिडिया प्लेटफर्ममा भनेको छ कि सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्ष आधारित भारतीय वेधशाला पीएसएलभी–सी ५७ रकेट मार्फत प्रक्षेपण गरिनेछ।

आदित्य–एल १ मिशनको लक्ष्य एल–१ को परिक्रमाबाट सूर्यको अध्ययन गर्नु हो। यो अन्तरिक्ष यानले सातवटा पेलोड बोक्ने छ, जसले फोटो स्फियर (प्रकाश मण्डल), क्रोमोस्फियर (सूर्यको देखिने सतहभन्दा माथि) र सूर्यको बाहिरी तह (कोरोना) विभिन्न तरंग ब्यान्डमा अवलोकन गर्न मद्दत गर्नेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ