arrow

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो गर्‍यो निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
rekhasharma.jpg

काठमाडौं ।  सरकारले भन्सार विधेयक र विद्युत् विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । 

मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।  सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

उनकाअनुसार सरकारले  प्रतिनिधि सभा सदस्य मान्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् । 

उनले नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ