जोर्ते पहिरोमा परी स्कोर्पियोमा सवार तीनको मृत्यु, पाँच घाइते
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १३ बुधबार
1.7k
Shares
तस्बिर– पत्रकार तारा भुषालको फेसबुकवालबाट ।
गुल्मी । गुल्मी सदरमुकाम तमघासबाट बुटवल जाँदै गरेको गाडी जोर्तेको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । लु १ ज ४६०० नम्बरको स्कर्पियो गाडी जोर्तेमा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको हो ।
सुख्खा पहिरोमा परी पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि तानसेन लगिएको छ।