- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् । बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन् ।
उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरू सङ्गठित भएर सरकारको अभियान असफल गर्न लागेका बताए । उनले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे ।
उनले भने,' सबै राजनीतिक पार्टीहरूले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्छ । । हामी एकसाथ हातेमालो गरेर अगाडी बढ्नुपर्छ भनेर सङ्कल्प गर्नु जरुरी छ । त्यसो भयो भने नेपाल बनाउन सक्छौँ । बनाइ छाड्नुपर्छ । अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ । नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडी बढ्नुपर्छ ।’
उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्ने बताए ।