arrow

घट्यो ग्यासको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
gas.jpeg

काठमाडौं । भारतमा आजबाट व्यावसायिक ग्यास सिलिन्डरको मूल्य घटेको छ । सरकारले व्यावसायिक ग्यास सिलिन्डर (१९ केजी) मा १५८ भारतीय रुपैयाँ मूल्य घटाएको हो । 

जसका कारण दिल्लीमा १९ किलोको सिलिन्डरको मूल्य १६८० रुपैयाँबाट घटेर १५२२ भारतीय रुपैयाँ (२ हजार ४३७ नेपाली रुपैयाँ)मा झरेको छ । 

साथै भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ । 

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको थियो। 

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँ ( १ हजार ४४४ नेपाली रुपैयाँ ) मा उपलब्ध हुनेछ । 

यता नेपालमा भने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर दुई सय ३५ रुपैयाँले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ