arrow

महालक्ष्मी रथयात्रा नेपालमा, उपसभामुखले गरिन् काँकडभिट्टा पुगेर स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
rath yatra.jpg

झापा । अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आशिर्वाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज नेपाल प्रवेश गरेको छ ।

आज विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वीनेपालको काँकडभिट्टामा रथ प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गरेका छन् ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले काँकडभिट्टामा रथयात्राको स्वागत गरिन् । 

रथयात्राको स्वागतका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीको स्वरुप भएको बताउँदै मानवीय सेवाका लागि पैसा होइन भावना आवश्यक भएको धारणा व्यक्त गरिन् ।

स्वागतका लागि आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगरकी उपप्रमुख मीना उप्रेती, अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवाल लगायतको उपस्थिति थियो ।

अग्रवाल समाज मेचीनगरले रथयात्रा आइपुगेको अवसरमा महाआरती पूजा सम्पन्न गरेको छ ।

भारतस्थित हरियाणाको अग्रोहा धामबाट उक्त रथयात्रा सुरु भएको हो ।

भारत, भूटान र नेपालमा रथयात्राले परिक्रमा गर्ने कार्यक्रम छ ।

रथयात्राका मेचीनगर संयोजक विजय डालमियाका अनुसार रथयात्रा आज बिर्तामोडमा पुगेर बास बस्ने कार्यक्रम छ । 

शनिबार विर्तामोडबाट विभिन्न स्थानमा पूजा गर्दै धरानमा पुगेर बस्ने र भदौ १७ गते विराटनगर हुँदै १८ गते भारततर्फ लाग्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ