arrow

चन्द्रयानको सफलतापछि भारतको सूर्ययान आदित्य एल–१ अन्तरिक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १६ शनिबार
aditya-1.jpg

नयाँदिल्ली । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । 

आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल–१ प्रक्षेपण गरिएको हो । सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल–१ को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (ईसरो) ले जनाएको छ । 

यसैबीच भारतका विदेशमन्त्री सुव्रमन्यम जयशङ्करले  सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति वधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन् । सूर्ययान सफलतापूर्वक प्रक्षेण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताएका छन् ।

उक्त सूर्ययान आदित्य एल१ पृथ्वीको कक्षमा पुगिसकेको छ । १६ दिन चक्कर लगाएर ११० दिनमा १५ लाख किलोमिटर टाढा एल वान पोइन्टमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ