arrow

सरस्वतीनगरमा सवारी दुर्घटना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
chapro-accident.JPG

काठमाडौँ । काठमाडौँको सरस्वतीनगर (छाप्रो)मा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । 

यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । 

जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन् । मृत्यु हुनेमा जिल्ला सर्लाही शान्तिटोल-१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ । 

स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडि सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए ।

घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ