arrow

भारतले यसरी पठायो सूर्ययान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
suryayaan.JPG

काठमाडौं ।  भारतले सूर्यको अध्ययनका लागि एक मिसनको शुरुवात गरेको छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण शुरु गरेको हो । 

आदित्य-एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिवार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार बिहान ११:५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ । 

यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दूरीको १ प्रतिशत हो । भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्नेछ । 

लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किसिमको न्युट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ