arrow

सरकारले तीन दिन संविधान दिवस मनाउने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
prakash-juwala.jpg

काठमाडौं । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ । 

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका हुन् । 

उनका अनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । 

असोज २ गते स्मारिका प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ