arrow

भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
shaktikanta-das-governor-india.jpg

काठमाडौँ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दास विश्वकै उच्कृष्ट गभर्नरको सूचीमा पर्न सफल भएका छन् । 

दासलाई अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ ‘ए प्लस’ ग्रेडिङ दिएको हो ।

यो ग्रेडिङ पाएका तीन गभर्नरहरुको सूचीको शीर्ष स्थानमा दासलाई राखिएको छ । आरबीआईले एक्स (ट्वीटर) मार्फत दिएको जानकारीअनुसार दासपछि स्ूवीट्जरल्याण्डका थोमस जे जोर्डन र भियतनामका गुएन थि होङ उत्कृष्ट सूचीमा परेका छन् । 

ग्लोबल फाइनान्सले सन् १९९४ देखि हरेक वर्ष मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ