arrow

प्रतिनिधि र राष्ट्रिय सभा बैठक बस्दै, प्रश्न सोधिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
parliament1.png

काठमाडौं । सङ्घीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । 

आजको  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको जवाफ दिइनेछ । 

साथै सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानुनको अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ