arrow

आधा दशकपछि इटहरीमा विराट सत्संग हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
birat-satsang-itahari.jpg

काठमाडौं । आधा दशकपछि इटहरीमा विराट सत्संग समारोह आयोजना हुने भएको छ । कोरोना महामारी पश्चात् यस वर्ष 'विराट सत्संग समारोह-२०८०' सुनसरीको इटहरीमा आयोजना हुँदैछ ।

इटहरीमा नेपाल मानव धर्म सेवा समितिले 'विराट सत्संग समारोह-२०८०' आयोजना गर्न लागेको हो । समितिले असोजको १९ र २० गतेसम्म दुई दिने विराट सत्संग समारोहको तयारी थालेको छ । 

समितिका प्रणेता श्री सतपालजी महाराज समारोहलाई सम्बोधन गर्न आउने तयारी भइरहेको छ । साथै नेपाल, भारत, भुटानसहित देश विदेशबाट लाखौँको सङ्ख्यामा भक्तजनहरू आउने समितिले जनाएको छ । 

मानव-मानव बिचको प्रेम, सद्भाव,सहिष्णुता एवं आध्यात्मिक ज्ञानको अपार शक्तिबाट व्यक्ति, समाज, देश एवं समग्र विश्वमा “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।” को महान्‌ प्रेरणा जागृत गराउने उद्देश्य राखी समारोह आयोजना हुन लागेको समितिले जनाएको छ । 

समारोहमा आत्मानुभवी विद्धान सन्त महात्माहरूद्वारा सत्संग प्रवचन एवं विभिन्न ख्याति प्राप्त कलाकारहरूबाट भक्ति सङ्गीत एवं सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति समेत रहने छ ।

समितिले विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजी गर्न चाहनेका लागि समारोह एक कोशेढुंगा साबित हुने बताएको छ । साथै विराट सत्संग समारोहमा स-परिवार सहभागी भई भरपुर लाभ तथा पुण्य आर्जन गर्न सबैमा भक्तिमय सादर निमन्त्रणा गरेको छ । 

समारोह इटहरीको डीभीएम स्कूल प्राङ्गणमा अपराह्न ४ देखि ८ बजे सम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छा राख्नेले ९८४२६२१४९४, ९८४२८५४२२८, ९८४१४६२५ २५ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

'विज्ञान र प्रविधिको उपलब्धि र उपयोगबाट संसारका मानिसले भौतिक सुखलाई प्राप्त गरे पनि त्यसले अनन्त शान्ति र आनन्द प्रदान गर्न सकेको छैन । त्यही आत्मिक शान्ति र आनन्दको अभावमा आजको मानिस आक्रान्त, भयभीत र अधुरो हुन बाध्य छ। विभिन्न धार्मिक आस्थामा विश्वास राख्ने, मनको शान्ति तथा अटुट आध्यात्मिक सुखको चासो र खोजीमा रहनेका लागि समारोह गन्तव्य स्थल बन्ने' समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ