arrow

हार्दिक, विराट र राहुलले दिए नेपाली खेलाडीलाई मेडल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
nepali-cricket-team-medal.jpg

काठमाडौं । भारतीय क्रिकेट टिमका प्रशिक्षक राहुल द्रविड, भारतीय ब्याट्सम्यान विराट कोहली र हार्दिक पाण्ड्याले नेपाली क्रिकेट टोलीलाई मेडल लगाइ दिएका छन् । 

 नेपाली टिमका उत्कृष्ट खेलाडीलाई ड्रेसिङ रुममा उनीहरूले मेडल लगाइ दिएका हुन् । मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेट टिमलाई हौसला बढाउन सो कार्य गरेका हुन् । 

सोमबार एसिया कपअन्तर्गत भारतविरुद्धको खेलपछि ड्रेसिङ रुममा सोमपाल कामीलाई हार्दिक पाण्ड्याले मेडल लगाइ दिए । 

त्यसपछि आसिफ शेखलाई विराट कोहलीले पहनाइदिए । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ८ चौकाको मद्दतले ९७ बलमा ५८ रन जोडेका थिए ।

भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइ दिएका थिए । सो भिडिओ नेपाल क्रिकेट सङ्घको युट्युब पेजमा हेर्न सकिन्छ।

हिजोको खेलमा श्रीलङ्काको पालेकेले क्रिकेट रङ्गशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । खेलमा नेपाल १० विकेटले पराजित भएको थियो । 

नेपालका लागि सबै खेलाडीले खुलेर खेलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ