arrow

इन्डियाको नाम बदलेर भारतः जी–२० को डिनर कार्डमा भयो प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
india-flag.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आगामी शनिबार र आइतबार भारतको दिल्लीस्थित प्रगति मैदानमा जी–२० बैठक हुँदैछ । यो बैठकको डिनरमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयबाट एक आमन्त्रण पत्रसमेत पठाइएको छ । उक्त कार्डमा प्रेसिडेन्ट अफ इन्डिया लेख्दै आएकामा प्रेसिडेन्ट अफ भारत लेखिएको छ । 

अर्थात् अंग्रेजीमा लेख्दै आएको इन्डियालाई भारत नै भनेर लेखिएको छ । विश्वभर इन्डिया भनेर चिनिए पनि अब यसको स्थानीय नामबाटै भारत भनेर चिनिने छ । 

यसलाई लिएर भारतमा नयाँ बहसको थालनी भएको जनाइएको छ । प्रमुख प्रतिपक्ष दल कंग्रेस आईले सत्ताधारी भारतीय जनता पार्टी भाजपाले नयाँ बहसको थालनी गरेको आरोप लगाएका छन् । 

इन्डिया नामको अलायन्स बनेसँगै भारतको वास्तविक हिन्दी नाम नै राखिएको बुझिएको छ । यद्यपि विरोध गर्ने क्रममा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललले भने, ‘इन्डियाको नाममा अलायन्स बनेपछि देशको नाम बदलेर भारत राखिएको छ । यदि इन्डिया अलायन्सले नाम भारत राख्यो भने त्यो पनि बदलेर भाजपा राख्ने ?’

भारतमा भारत नै भन्दै आए पनि अन्तराष्ट्रिय रुपमा इन्डिया भनिदै आएको छ । अब भारत नै भनेर चिनिने बुझिन्छ । केही समयपछि औपचारिक रुपमै भारत भनी नामाकरण गरिने बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ