arrow

राष्ट्रिय खेलका खेलाडीलाई अब मासिक तलब [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
jitendra-chand.jpg

काठमाडौं । राष्ट्रिय खेलका खेलाडीहरुले पनि अब मासिक तलब  पाउने भएका छन् । मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल सङ्घले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५-५ हजारका दरले तलब दिने घोषणा गरिएको हो । 

अमेरिकामा सहयोगी दाताहरू खोजी नेपाल भलिबल सङ्घको खातामा सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा तलब पठाएको जानकारी गराएको हो । नेपाली भलिबल खेलाडीले पहिलो पटक मासिक तलब पाएका हुन् । अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र बिजनेस इन्टरप्रेनियरको सहयोगमा मासिक तलबको व्यवस्था गरिएको हो ।

 अहिले नेपाली भलिबल टोली चीनमा हुने १९ औँ एशियाली खेलकुदको तयारीमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोली पहिलो पटक एशियाली खेलकुदमा सहभागिता जनाउन लागेको हो । खेलाडीलाई मासिक तलब दिने भलिबल सङ्घ चौथो हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ