चिनियाँ राजदूतको टिप्पणी पछि वर्षमानले भने- यो हाम्रो घरेलु विषय हो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
1k
Shares
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आन्तरिक मामिलामा कुनै पनि देशले बोल्न नहुने बताएका छन् । आज कसेको संसदीय समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल र भारतबीचको मामिलामा गैर कूटनीतिक टिप्पणी गरेका थिए । पुनले भने,'कहाँ कुन राजदूतले भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्न मिल्दैन । यो हाम्रो घरेलु विषय हो । परम्परा बस्न दिन नहुने हो ।'
साथै नेपालको चुचे नक्सा चीनले जारी गरेको नक्सामा गायब भएपछि समितिमा जानकारी दिन आग्रह गरेका छन् । उनले थपे,' हामीले सर्वसम्मतले नक्सा जारी गरेका छौँ ।'