arrow

कान्तिमा उपचार नपाएर बालिकाको निधन भएकामा सांसदहरुको ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
parliament-2080-05-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । 

नेपाली कांग्रेसका सांसद गगनकुमार थापा, एमालेका सचेतक महेश बर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् । उनले सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका डा चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिलाई मात्रै दोष दिन नमिल्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ