arrow

हेरफेर भए तीन सचिव 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारका तीन सचिवको सरुवा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा, नेपाल कानून आयोगकी सचिव निरादेवी गर्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिवमा सरुवा गरिएको सरकारकी प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ