arrow

तेजाब नियमावली स्वीकृत गर्ने सरकारको निर्णय [भिडियो]

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
rekha-sharma-cabinet.jpg

काठमाडौं । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृत स्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

त्यस्तै जनवादी गणतन्त्र चीनको बेइजिङमा मिति २०८० भदौ २६ देखि २९ आयोजना हुने नेपाल—चीन संयुक्त व्यापारको दोस्रो बैठकमा सहभागी हुनका लागि सचिव मधुकुमार मरासिनीको संयोजकत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डल गठन गर्ने, पञ्चेश्वर विकास प्राधिकरणमा नेपालको तर्फबाट २०८१ जेठ २८ सम्मका लागि प्रमुख कार्यकारी अधिकृत पदमा सहसचिव मधुप्रसाद भेटवाल, कार्यकारी निर्देशक प्रशासन पदमा सहसचिव दीपक लामिछाने,कार्यकारी निर्देशक वातावरण पदमा सहसचिव श्रीराम गोपाल खरबुजा र कार्यकारी निर्देशक कानून पदमा सहसचिव इन्दिरा दाहाल भट्टराईलाई खटाउने, न्याय सेवा आयोगको सिफारिसमा सहसचिव फडेन्द्र गौतमलाई न्याय सेवाको राजपत्राङ्कितता विशिष्ट श्रेणिमा बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उदयबहादुर राज सापकोटालाई कानून न्याय र संसदीय मन्त्रालयको सचिव पदमा, नेपाल कानून आयोगका सचिव लिलादेवी गड्तौला निरौलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिव पदमा र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानून आयोगको सचिव पदमा सरुवा गरेको छ । 

त्यस्तै खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित आयोजनाहरूमा आर्थिक वर्ष २०८०-८१का लागि अधिकृत स्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने, भौतिक मन्त्रालयको प्रस्तावमा चीनको बेजिङमा आगामी असोज ८ देखि ९ सम्म आयोजना हुने ग्लोबल सस्टेनेवल ट्रान्सपोट फोरम २०२३ विषयक कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्द चापाईंलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको छ । 

त्यस्तै सरकारले माथिल्लो दरौदी सी साना जलविद्युत आयोजनाको भौतिक पूर्वाधारहरू निर्माण गर्न गोरखा जिल्लाको राष्ट्रिय वन क्षेत्रको कूल जम्मा ४.९२४ हेक्टर जग्गा पच्चिस वर्षसम्म प्रयोग गर्न दिने तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत आयोजनाहरूको लागि आ.व. २०८०-०८१ का लागि अधिकृत स्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको लागि कुल ३१ अधिकृत स्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ