arrow

एमाले महासचिव पोखरेलले चीनबाट रकम ल्याउन रोजे अवैध बाटो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
shankar-pokharel-china-visit-2023.jpg

काठमाडौँ ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलको भ्रमणमा नेपालमा चिनियाँ रकम ल्याउने अवैध बाटो रोजिएको छ । चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता गरेर चिनियाँ रकम ल्याउने अवैध मार्ग खोजिएको हो । 

शैक्षिक विकासका लागि तालिम केन्द्र स्थापना, अध्ययन र प्राविधिक कार्यक्रम परियोजना सञ्चालन गर्ने पाँच बुँदे सम्झौता भएको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । 

सम्झौतामा फाउन्डेसनको तर्फबाट अखिल नेपाल महिला संघको अध्यक्षसमेत रहेकी फाउन्डेसनकी केन्द्रीय सदस्य टुका हमाल र ‘छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज’ का तर्फबाट प्रमुख लि जिओ कुअङले हस्ताक्षर गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्टहरुलाई अवैध ढंगले सहयोग गर्दै आएकोमा यसपल्ट पनि मदन भण्डारी फाउण्डेशनमार्फत विभिन्न कार्यक्रममा सहयोग गर्ने भएको हो । 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा रहेका महासचिव पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच भएको भेटवार्तामा एकअर्कामा अनुभव, सीप, विचार र ज्ञानलाई आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । 

त्यही क्रममा महासचिव पोखरेलले छोङछिङले आफ्नो आधुनिकीकरणका क्रममा आर्जन गरेको ज्ञान, सीप र विकास गरेको प्रविधि नेपालसँग आदानप्रदानको प्रस्ताव राखेका थिए । 

महासचिव पोखरेलको सोही प्रस्तावको पहिलो कार्यान्वयन शुरुआत अन्तर्गत छोङछिङ थ्री ग्रर्जेज भोकेशनल कलेज र मदन भण्डारी फाउन्डेशन शैक्षिक क्षेत्रको अध्ययन र अनुसन्धानमा काम गर्ने गरी सहमति भएको एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

यो सहमति नेपालको शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमुलक अनुसन्धानका लागि महत्वपूर्ण रहेको प्रमुख गौतमको भनाइ छ । 

‘छोङछिङको विकासमा उहाँहरुले आर्जन गर्नुभएको अनुभव, ज्ञान र विकास गर्नुभएको प्रविधिलाई नेपालको विकासमा प्रयोगको लाागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ,’ प्रचार विभाग प्रमुख गौतमले भने । 

सहमति अनुसार कलेजको सहयोगमा ग्रामीण पुनः स्थापनाका लागि शैक्षिक विकास, वैज्ञानिक अनुसन्धान र अध्ययन प्रबद्र्धनका कार्यक्रमहरु सञ्चालन गरिनेछ । 

यसैगरी नेपाली विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताहरुलाई छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेजले अध्ययन र अनुसन्धानको लागि सहयोग गर्नेछ । 

सहमति अनुसार ‘चीन नेपाल जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ स्थापनामार्फत जनता जनताबीचमा प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गरिने छ । 

सो कलेजले दिने भनेको रकम विभिन्न कार्यक्रम बनाएर मात्र दिने हो । ‘शैक्षिक क्षेत्रमा लगानी गर्ने भनेको छ, फाउण्डेशनले विभिन्न कार्यक्रम बनाएर चीन पठाएपछि त्यसका नाममा सहयोग आउने भएको हो’, चीनमा रहेका एक एमाले नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ