arrow

नेविसंघको रक्तदानमा ५२ युनिट रगत संकलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
Yagya Bdr Thapa.jpg

पोखरा । महामानव वीपी कोइरालाको ११०औं जन्मजयन्तिको अवसर पारेर नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीले रक्तदान कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । 

नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्दै पूर्व कानूनमन्त्री एवं कास्की कांग्रेसका पूर्व सभापति यज्ञबहादुर थापाले नेपालको राजनीतिमा नेविसंघको भूमिका उल्लेखनीय रहेको बताए । 

उनले नेपाली कांग्रेसलाई वीपीको आदर्श र विचारमा हिंडाउन नेविसंघले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

नेविसंघ कास्कीका सभापति एवं कार्यक्रम संयोजक राजीव भण्डारीले अझ रचनात्मक कार्यक्रम गर्न प्रोत्साहन मिलेको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य बाबुराम गिरी, नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २७ का सचिव गोपी तिवारी, नेविसंघ वडा नं २३ सभापति कृष्ण पौडेल, नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसका उपसभापति ऋषिकेश चालिसे, नेता भावना पौडेल लगायतले बोलेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस र नेविसंघका विभिन्न तहका नेताहरु सहभागी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ