arrow

उपाध्यक्ष नरहेपछि चीनबाट फर्कँदै महासचिवको टोली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
shankar-pokh.jpg

काठमाडौं । नेकपा एमाले महासचिव शङ्कर पोखरेल आजै नेपाल फर्कने भएका छन् । 

उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका पोखरेल आजै नेपाल फर्कने भएका हुन् ।

भ्रमणमा रहेका पोखरेलसहित एमाले सदस्यहरू पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेर फर्किने भएका हुन् । 

पोखरेल केही दिनअघि  चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएका थिए । 

नेम्वाङको गत राति हृदयाघातबाट निधन भएको हो । आजको पार्थिव शरीर पार्टी कार्यालयमा राखिन्छ । 

उनको दुई छोराहरू विदेशबाट आएपछि अन्त्येष्टि गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ