arrow

राजकीय सम्मानसहित नेम्वाङको शव च्यासलमा [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
nemwang-2080-05-26xxx (6).jpg

काठमाडौँ । संविधान सभा अध्यक्ष, एमाले उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल लगिएको छ  ।

शिक्षण अस्पतालमा रहेको नेम्वाङको पार्थिव शरीरलाई आज दिनभर एमाले मुख्यालय च्यासलमा राखिने भएको छ । राजकीय सम्मानसहित उनको शव च्यासल लगिएको हो । 

नेम्वाङका दुई छोरामध्ये एक अष्ट्रेलियामा र अर्का बेलायतमा रहेका कारण उनीहरू फर्केपछि मात्रै नेम्वाङको अन्तिम संस्कार हुनेछ । 

कान्छा छोरा अष्ट्रेलियाबाट आजै मध्यरातिपछि नेपाल फर्कदैछन् भने बेलायतबाट जेठा छोरा भोलि साँझसम्म आउँदैछन् । 

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।  उनको अन्तिम संस्कार मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर गरिने छ । नेम्वाङको गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघात भएको थियो ।

नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

nemwang-2080-05-26xxx (7).jpg
nemwang-2080-05-26xxx (8).jpg
nemwang-2080-05-26xxx (1).jpg
nemwang-2080-05-26xxx (2).jpg
nemwang-2080-05-26xxx (3).jpg
nemwang-2080-05-26xxx (4).jpg
nemwang-2080-05-26xxx (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ