arrow

गौहत्याको विरोधमा राप्रपाले आज प्रदर्शन गर्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
rpp-2080-04-01.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज विरोध प्रदर्शन गर्दैछ । राप्रपाले राष्ट्रिय जनावर गौहत्या गरिएको विरोधमा काठमाडौँमा प्रदर्शन गर्ने भएको हो ।

राप्रपाले गौहत्याको विरोध गर्न, सामाजिक सद्भाव कायम गर्न, हिन्दु राष्ट्र र राजसंस्थाको पुनः स्थापना, सङ्घीयताका खारेजी, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डहरूको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्ने लगायतका विषयमा सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको पनि सहभागिता रहने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ