- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले आउँदै गरेको चाडपर्वलाई लक्षित गरि दुई संस्थालाई चिनी आयात गर्न छुट दिएको छ ।
नेपाल सरकारी प्रवक्ता रेखा शर्माका अनुसार साल्ट ट्रेनिङ कर्पोरेसन र खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरि १०- १० हजार मेट्रिक टन चीनी आयात गर्न स्वीकृत दिने आज बसेको मन्त्रिपरिषद्को बैठक निर्णय गरेको छ ।
साथै अर्थ मन्त्रालयको प्रस्तावमा कर प्रणाली सुधारका लागि पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गर्ने भएको छ ।