arrow

बलात्कार आरोपी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दाको आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौँमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो । 

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्को मिति तोकिएको छैन ।  सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन । 

उनीमाथि गत वर्षको भदौ २१ गते नाबालिग करणीको मुद्दा परेको थियो । भदौ २३ गते नै काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

यति संवेदनशील विषयमा पनि अदालतबाट फैसला नहुँदा पीडितले भने थप पीडा भोग्नु परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ