- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आजबाट भारतमा संसद भवन परिवर्तन भएको छ । आजैदेखि नयाँ संसदमा संसदीय गतिविधि शुरु हुने भएको छ ।
त्यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी, सोनिया गान्धी, राहुल गान्धीलगायत सत्तारुढ र प्रतिपक्षका सबै सांसद पुरानो संसद्मा पुगेर सामूहिक तस्बिर खिचाएका छन् ।
नयाँ संसद्को केन्द्रीय हलमा कार्यक्रम थालिने छ । करिब डेढ घण्टाको यो कार्यक्रम हुनेछ ।
नयाँ भवनमा आज लोकसभाको बैठक दिउँसो १:१५ बजे र राज्यसभाको बैठक २:१५ बजे सुरु हुनेछ।
सम्बोधनका लागि पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई निमन्त्रणा पठाइएको छ ।