arrow

संविधान कार्यान्वयनमा दलहरू चुके : कृष्ण सिटौला [भिडियो]

संविधानको सारतत्व कार्यान्वयन गर्ने कुरामा ढिलाइ भएकै छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
krishna-prasad-sitoula-2080-06.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन्  । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताएका छन् । 

मङ्गलवार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्क समेत गरे । 

नेता सिटौलाले भने, ‘म संसद्मा छैन । तर खड्केको विषय के छ भने संविधान जारी गर्दा ठूला राजनीतिक दलहरूका बीचमा राम्रो समझदारी भएको हो । तर संविधान जारी भएपछि तिनै परिवर्तनकारी राजनीतिक दलहरुबीच सुरुमै समझदारीलाई बचाउन सकेनौँ । मैले आज यहाँ भन्दा अन्यथा नहोला । हामीले त्यति बेला संविधान जारी गरेपछि केपी ओलीलाई प्रधानमन्त्री भनेकै थियौँ । तर स्वयं हामीले त्यो गर्न सकेनौँ । त्यहाँबाट टुट्दै गएको हाम्रो राजनीतिक संविधानमा ल्यायौँ तर यसको मूल तत्त्व कार्यान्वयन भएकै छैन । मलाई कसैले सोध्यो भने इमानदारिताका साथ मैले भन्नुपर्छ यसको मूल तत्त्व, संविधानको सारतत्व कार्यान्वयन गर्ने कुरामा चुकेकै छौं । ढिलाइ भएकै छ । चाहे संविधानले स्थापित गरेका मौलिक हकका सवाल होस् । गाँस, वास, पानी, शिक्षा आदिका कुराहोस् । चाहे सङ्घीयता कार्यान्वयन गर्ने कुरा होस् । चाहे न्यायालयलाई संविधानले सोचे अनुसार स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले अघि बढाउने कुरा होस् । ’

तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ