काठमाडौँ । आजबाट काठमाडौँ उपत्यकामा द्रूत बस सेवा शुरु भएको छ । द्रूत बस रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म सञ्चालन हुनेछ । त्यसका लागि सडकमा डेडिकेटेड लेन छुट्टाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा द्रूत बस सेवाको उद्घाटन गरेका छन् ।
अहिलेलाई बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म द्रूत बस सञ्चालन हुनेछ । आज परीक्षणका रूपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ।
अरू सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा अब द्रूत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्न सक्ने बताइएको छ ।