arrow

संसद्मा प्रवेश नपाउनु मेरो आफ्नो 'ट्राजेडी' : सिटौला [भिडियो]

संविधान कार्यान्वयनमा जोडबल गर्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
sitoula-krishnaprasad.JPG

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफू संसद्मा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञा दिएका छन् ।  वीपी साहित्य महोत्सव २०८० को अन्तिम दिन सिटौलाले आफू संसद्मा प्रवेश नपाए पनि कांग्रेसका नेताहरूले संविधान कार्यान्वयनमा जोडबल गर्नुपर्ने बताए। 

‘वीपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले संविधानलाई एक पटक कार्यान्वयन गरेर मात्रै मूल्याङ्कन र पुनरावलोकन गर्न सुझाव दिए । उनले संविधान कार्यान्वयनको सन्दर्भमा गाडी किनेर ल्याउने तर तेल नहाल्ने र ड्राइभर नराख्ने अवस्था भएको टिप्पणी गरे । 

उनले आफूले संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसपछिको दुई कार्यकाल आफू संसद्मा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञा समेत दिए । उनले पुरानै केन्द्रीकृत तथा एकात्मक सोचले संविधानको कार्यान्वयन गर्न नसकिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ