arrow

दलहरूको अविश्वासको कारण शान्ति प्रक्रिया टाढिँदै गएको छ: नेता सिटौला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
krishna-prasad-sitoula.jpg

काठमाडौं ।   नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूका बीचमा अविश्वास भएका कारण शान्ति प्रक्रियाको बाँकी काम नसकिएको बताएका छन् ।

 बिहीबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष: उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले विस्तृत शान्ति सम्झौतामा प्रतिबद्धता गरे अनुरूपका कामहरू अझै अधुरो रहेको भन्दै यसको कारण राजनीतिक दलहरू भएका बताए । 

उनले राजनीतिक दलहरू एकै ठाउँमा उभिएमा सहजै समाधान दिन सकिने बताए । उनले राजनीतिक दलहरू आपसी विश्वासमा आएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ