काठमाडौँ। युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नझिकिरहेको नेपालीहरूको दसैँ तिहार २०७९ लाई लक्षित गर्दै "बेकोको सौगात, सम्बन्ध प्रगाढ" नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ। यो योजना भाद्र २७, २०८० देखि सीमित अवधिका लागि लागू गरिएको छ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के।जी। को एरिअल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइन्छ।
साथै सिङ्गल डोर रेफ्रिजीरेटरमा चोप्पर , डबल डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक किटली र मल्टी डोर रेफ्रिजीरेटरमा ईलेक्त्रिक प्रेसर कुकर उपहार पाइन्छ भने कूकिङ रेन्ज ९फ्री स्टान्डिङ ओवनको खरिदमा प्रेसर कुकर र एअर कन्डिसनर को खरिदमा फ्री इन्स्ट्लेसन पाइन्छ। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुविधा पनि प्रदान गरेको छ।
त्यसै गरी शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले सिजि लोयल्टी क्लबूको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुर स्थित होटेल विभान्तामा २५५ सम्म छुट पाउनु सक्नु हुनेछन्। यी सुविधाका लागि ग्राहकहरूले cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुम हरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, वसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौँ बाहिर पोखरा, इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्। साथै चौधरी ग्रुपद्वारा बजारमा वितरित सम्पूर्ण बेकोको सामानहरूमा शत प्रतिशत पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी रहेको छ।