arrow

बलात्कार आरोपी सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
sandeep-lamichhane-2080.jpg

काठमाडौं । बलात्कार आरोपी राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । नाबालिग बलात्कार अभियोग लागेका सन्दीप विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ । उनीमाथि गत वर्षको भदौ २१ गते नाबालिग करणीको मुद्दा परेको थियो । भदौ २३ गते नै काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

यसअघि सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ