arrow

‘प्रदूषण नियन्त्रणका निम्ति शक्तिशाली देश नै लाग्नुपर्छ’

logo
एएनआई,
प्रकाशित २०८० असोज ७ आइतबार
arvind-kumar-president-india-water-foundation.jpg

जेनेभा। भारतीय जल प्रतिष्ठानका अध्यक्ष अरविन्द कुमारले जलवायु वित्तका निम्ति भारतले पर्याप्त लगानी गरेको तथा घातक वस्तुको उत्सर्जनलाई पूर्ण नियन्त्रण गर्ने नीति अवलम्बन गरेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा भएको ५४औँ वार्षिक बैठकमा अध्यक्ष अरविन्द कुमारले युरोप, उत्तर अमेरिका र अस्ट्रेलियाजस्ता शक्तिशाली एवं समृद्ध शाली देश प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए।

इतिहासदेखि नै औद्योगिक क्षेत्रमा गरेको प्रगतिसँगै प्रदूषण पनि फैलाएका उत्तर अमेरिका, युरोपेली देश र अस्ट्रेलियाले हरित गृह ग्यास उत्सर्जन नियन्त्रण गर्नुपर्ने उनले बताए।

विकासशील देशहरूले कोभिड महामारी,त्यसले निम्त्याएको आर्थिक सङ्कट, बढ्दो ऋणका बाबजुद खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न निरन्तर आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष अरविन्द कुमारले कोरोना महामारीका बेला भारतले विकासशील र विकासोन्मुख राष्ट्रलाई कोरोनाविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ