arrow

अकास्मात् बोलाएपछि समितिमा यसरी कड्किए नारायणकाजी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ७ आइतबार
narayankaji-shrestha-2080-06-07.jpg

काठमाडौं । उपप्रधान एवं  गृहमन्त्री नारायणकाजी श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कड्किएका छन्  ।  गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात् रूपमा समिति बैठकमा बोलाइएको भन्दै कड्किएका हुन्  । 

सांसदहरूले मन्त्री श्रेष्ठलाई बोलाउन माग गरेपछि समिति सभापतिले उनलाई बोलाएका थिए । मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची भने थिए ।  सभापतिलाई सदस्यहरूले  बैठक नै चल्न दिँदैनौ भने पछि  गृहमन्त्री समितिमा पुगेका हुन् । उनले भने – ‘सभापतिज्यूले मलाई के भने भने यहाँ त बैठक नै चल्न दिन्न भने, तपाई नआईकन भने । मैले हार्दिकतापूर्वक, सदासहायता देखाएर मात्रै म आएको हो ।'

उनले समिति बैठकमा मन्त्रिलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरूप बोलाउनुपर्ने बताए । उनले मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ