arrow

ढुङ्गाना सरको नेतृत्वमा वीरगन्ज भन्सार चोरीको अखाडा बन्दै, भदौमै लक्ष्यभन्दा सात अर्ब कम उठ्यो राजस्व

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८० असोज ७ आइतबार
rajendra-dhudgana-custom-department-birjung.jpg

वीरगन्ज। मुलुक चरम आर्थिक मन्दीको सिकार भई अर्थतन्त्र चौपट हुने सङ्घारमा पुगेको बेलामा पनि देशको प्रमुख प्रवेशद्वार आर्थिक नगरी वीरगन्जको भन्सार कार्यालय एकीकृत जाँच चौकी आईसिपिमा ब्रम्हलूट मच्चेको छ।

वीरगन्ज भन्सारको परिसरबाट न्यून बिजकिकरण र अद्दतमा गोलमाल गरी महसुल बुझाई गएका ट्रकहरू धमाधम प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान पथलैयामा बुझाई रहँदा पनि प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाको व्यवहारमा परिवर्तन भएको छैन।

सरकारलाई प्राप्त हुने शतप्रतिशत राजस्वलाई तिन भागमा अर्थात् एक भाग व्यापारी,एक भाग सरकार र एक भाग कर्मचारी वाला पञ्चायती शैलीलाई प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गाना र अर्का अधिकृत भरतमणि सापकोटा नेतृत्वका कर्मचारीहरूले निरन्तरता दिई रहेका छन् ।

केही दिन अगाडि बारा प्रहरीले ना ६ ख ००८९ , ना ३ ख ७३११ र ना ३ ख ७३११ नम्बरका ट्रकबाट लगभग २ करोड बराबरको सामान बरामद गरेको घटनाले पनि वीरगन्ज भन्सारको भित्र भई रहेको चलखेललाई प्रस्ट्याएको छ।

पशुपति रोड क्यारीयर्स, पवन पुत्र ट्रान्सपोर्ट, विक्रान्त रोडवेज र सुगम परिवहनका मालवाहक गाडीहरूबाट भित्रिने सामानहरू प्राय न्यून विजकिकरणमा पास हुने गरेको हाम्रो संवाद सूत्रले जनाएको छ।

विराटनगर भन्सारमा हुँदा अकुत सम्पत्ति कमाएको अभियोग लगाएर अख्तियारले मुद्दा चलाएर केही वर्ष निलम्बित भई हालसालै अदालतबाट सफाइ पाएर वीरगन्ज भन्सारमा दोस्रो पटक पुगेका ढुङ्गानाको पुराना तस्करहरू सँगै राम्रो उठबस छ । ढुङ्गानाको सल्लाहमा केही पुराना खुङ्खार तस्करहरू भन्सार भित्र क्लियरिङ एजेण्टको आवरणमा दिनभरि चलखेल गर्ने अवसर पाएको बताइन्छ।

ढुङ्गाना गिरोहले गरेको ब्रहमलुटको कारण गत श्रावण र भदौ महिनाको लक्ष्य अनुसारको राजस्व प्राप्त गर्न सकेन । भदौ महिनामा १९ अर्ब ३८ करोड ६ लाख ७० हजारको लक्ष्य भन्सार विभागले तोकेको भएता पनि १२ अर्ब ७१ करोड २२ लाख २५ हजार मात्र राजस्व उठ्न सकेको छ।

सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वार्टर पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसान कर्माचार्य र वीरगन्ज भन्सार भित्र नै रहेको सशस्त्र प्रहरी बल प्रस्तावित गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहको पनि तस्करहरू सँगै राम्रो हिमचिम बढेको खुल्ला सिमानाको फाइदा तस्करहरू उठाइ रहेका छन्।

वीरगन्ज भन्सारबाट प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयले निजी मासिक आम्दानी खोजेको कारणले गर्दा पनि गतिविधि बेथिति बढ्न गएको बताइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ