arrow

नेपाल-चीनबीच सम्झौतामा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
china-nepal-sign-prachnda.JPG

काठमाडौं ।  नेपाल चीनबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।  चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका प्रधानमन्त्री ली छ्याङबीच विकास पूर्वाधार, कृषि, पर्यटन, विद्युतलगायत विभिन्न परियोजनामा सम्झौता भएको हो । १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ गरि १३ वटामा हस्ताक्षर भएको छ । 

 बेइजिङमा चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबीच नेपालको उत्तरी क्षेत्रमा उत्पादकत्व वृद्धि, डिजीटल अर्थतन्त्र सहकार्य, हरित तथा न्यून कार्बन सहयोग तथा प्राचीन ग्रन्थहरूको अनुवाद तथा प्रकाशन सम्बन्धी सम्झौता आदान प्रदान गरेका छन् । 

त्यस्तै वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र चिनियाँ अधिकारीबीच संयुक्त प्राविधिक कार्य समूह निर्माणसम्बन्धी सम्झौता भएको छ । 

 शिक्षा सचिव सुरेश अधिकारी र चिनियाँ अधिकारीबीच विज्ञान तथा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता आदानप्रदान गरेका छन् । 

पशुपक्षी विकास सचिव डा रेवती रमण पौडेल र चिनियाँ अधिकारीबीच कृषि, पशुपालन र मत्स्यपालन तथा औषधिजन्य वनस्पतिको चीन निर्यात सम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र चिनियाँ अधिकारीबीच दुई देशका योजना आयोगबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ ।

यसैबीच चिनियाँ प्रधानमन्त्री छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।  यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए । प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए । 



नयाँ