arrow

धनगढी जलमग्न, अस्पतालभित्र पानी जम्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ८ सोमबार
dhangadi-water.JPG

सुदूरपश्चिम । आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।
  
अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो । जमेको पानीले बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई आवागमनमा समस्या भएको छ ।

वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । बजारका मुख्य सडकमा दुई÷तीन फिटसम्म पानी जमेपछि आवागमन असहज बनेको छ । 

अधिकांश सरकारी कार्यालय परिसर जलमग्न बनेका छन् । उपमहानगरपालिका कार्यालयले स्काभेटरमार्फत जमेको पानी निकासको प्रयास थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ