arrow

स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि जानकारी मूलक बोर्ड राख्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई

चिकित्सक संघले आन्दोलनबारे आवश्यक निर्णय गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ९ मंगलबार
doctor-andolan.jpg

काठमाडौं । सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारी मूलक बोर्ड राख्ने निर्णय भएको छ ।

 प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारी मूलक बोर्ड राख्ने जिम्मेवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिइएको छ । 

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयमा आज मङ्गलवार छलफल भएको थियो । 

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्ने जो कोहीलाई ऐन बमोजिम कारबाही हुने जानकारी दिए । 

उनले दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले ऐनलाई कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

उनले भने, ‘ देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पछिल्लो संशोधनबारे जानकारीमूलक बोर्ड राख्ने निर्णय भएको छ । त्यसमा कुनै उपचाररत बिरामीको पक्षलाई ठिक ढङ्गले उपचार नभएको लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ । गल्ती गर्‍यो भने कारबाही गर्ने भन्ने कुरा पनि ऐनमा छ । दोस्रो आक्रमण गर्नेलाई ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको छ । त्यसका लागि कडा निर्देशन दिएका छौं । ’

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले संघले भोलि बुधवार एक बजे बोर्ड बैठक डाकेको र त्यसपछि आन्दोलनबारे आवश्यक निर्णय हुने बताए । उनले आज छलफलमात्रै भएको र कुनै निष्कर्ष ननिस्किएको बताए । उनले सरकारले चिकित्सकहरुसंग प्रतिवद्धता गरेपनि कार्यान्वयन नगर्दा चिकित्सकहरुमाथि पटक पटक भौतिक आक्रमण हुने गरेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ